लिटिल फ्लावर स्कुल सेहरीको आयोजनामा नि:शुल्क अङ्ग्रेजी भाषाकक्षा सुरु हुँदै
नवलपुर । नवलपुरको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलको आयोजनामा एकमहिने निशुल्क अङ्ग्रेजी भाषा कक्षा सुरु हुने भएको छ । ज्येष्ठ २५ गते विहिवारदेखि एकमहिने अग्रेजी भाषाकक्षा सुरु गर्न लागिएको स्कुलले जनाएको छ ।
लिटिल फ्लावर स्कुलका प्राचार्य फादर रोवीले अङ्ग्रेजी भाषा लेख्न, बोल्न, पढ्न र सुन्ने कलाको विकासका लागि "स्पोकन इङ्लिस" नामक कक्षा सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागिहरुलाई कसरी शुद्धसँग प्रष्ट अङ्ग्रेजी बोल्ने भन्ने विषयमा कक्षामा बढी जोड दिइने ...


