×

नवलपुर । नवलपुरकोे विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा बुधबार चट्याङ्ग लागेर १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान ०६ः३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने बर्ष ५७ को छविलाल सारुको चट्याङ्ग लागेर ज्यान गएको हो ।

विनयी त्रिवेणी १ गोग्दी स्थीत खेतमा श्रीमान छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेको हो ।

 

तपाईको प्रतिक्रिया