×

गैँडाकोट । पर्वतको कुस्मामा आईतवार सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा नवलपुर एघार पदक सहित टिम दृतिय भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा असार १ गते देखि सञ्चालन भएको प्रतियोगितामा नवलपुरले तीन स्वर्ण, तीन रजत, र पाँच कास्य पदक जितेको नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुसालले जानकारी दिनुभयो ।

६८ के.जी. मुनी तौल समूह पुरुषमा मनिष महतो, ७४ केजी मुनी तौल समूहमा बिशाल दर्लामी, र ४९ केजी. मूनी तौल समूह महिलामा ईशा महतोले स्वर्ण पदक जितेको उहाँले बताउनुभयो । त्यस्तै ६३ केजी तौल समूह पुरुषमा सुनिल महतो, ५३ केजी तौल समूह महिलामा अन्भेषा गुरुङ र ६७ केजी तौल समूह महिलामा मुनु थापाले रजत पदक प्राप्त गर्नुभयो ।

यसैगरी ५८ केजी तौलसमूह पुरुषमा सुलभ तमाङ, ८७ केजी माथी तौल समूहमा विपिन श्रेष्ठ, ४६ केजी मुनी तौल समुहमा दिक्षा चौधरी, ६२ केजी मुनी तौल समूहमा जानकी राना र ५७ केजी मुनी तौल समूहमा सोविता थापाले काँस्य पदक प्राप्त गर्नुभयो । प्रतियोगितामा नवलपुर जिल्लाकोे तर्फवाट टिम कोचको रूपमा साजन तामाङ ले भुमिका विवाह गर्नु भाको थियो।

 

तपाईको प्रतिक्रिया