नेकपा एमाले परित्याग गर्ने गैँडाकोटका नेता गिरिराजको घोषणा (राजिनामा पत्र सहित)
गैँडाकोट । नेकपा एमाले नवलपुर जिल्ला सदस्य गिरिराज उपाध्यायले एमाले परित्याग गरेका छन् । बर्तमान पार्टी नेतृत्व ठुला ठुला भ्रष्टाचारको काण्डमा संग्लन रहेको तथा नेकपा एमाले कम्युनिष्ट पार्टीको मुल आर्दशबाटै बाहिर गएको भन्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
नेपाल प्रगतीशिल प्रध्यापक संगठनको इन्चार्ज, पार्टी स्कुल विभागको सदस्य तथा एमाले गैँडाकोटका एकका इन्चार्ज समेत रहेका उपाध्यायले नवलपुर एमालेभित्रका निर्णय तथा लेवी खर्च समेत अपारदर्शी भएको दावी गरेका छन् ।एमाल...


