गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटबाट लागुऔषध र नगद ५ लाख सहित एकजना पक्राउ परेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ७ गैरीबाट स्थानीय २७ वर्षका सुजन बिक पक्राउ परेका हुन् । बिकको घरमा लागुऔषधको कारोबार भैरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली उनको घरमा पुगेको थियो ।
प्रहरी बरिष्ठ नायव निरिक्षक मोहन थापको नेतृत्वमा गएको टोलीले ५ लाख नगद सहित लुकाई छिपाई राखेको अबस्थामा नुफिन १७८, फेनार्गन १७९ र सेरीज्याक १८४ गरि जम्मा ५४१ एम्पुल बरामद गरेको हो । लागुऔषधको कारोबार गर्ने बिकलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।



उज्यालो खबर




