×

गैँडाकोट । कालीगण्डकी नदीमा डुवेर २ जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका २ जना डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नदीमा डुवेर बेपत्ता हुनेमा  गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रीय घटनाहरु बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र शसस्त्र प्रहरी बलको टोलि परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया