×

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।वेष्ट इण्डिजले ४।१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

तपाईको प्रतिक्रिया