प्रेस चौतारी नवलपुरद्धारा पत्रकार महासंघलाई तीनदिने अल्टिमेटम
नवलपुर । प्रेसचौतारी नेपाल जिल्ला शाखा नवलपुरले पत्रकार महासंघ नवलपुरलाई ज्ञापनपत्र बुझाउदै ३ दिनभित्र कमजोरी सच्याउन अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्धारा जारी सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरित गरिएको शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गर्ने कार्यप्रति चौतारी नवलपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरको आज बसेको बैठकले आजका मितिले ३ दिनभित्र पत्रकार महासंघ नवलपुरले गरेको बिभेदपूर्ण निर्णय नसच्याए थप संघर्षक...


