नवलपुर । नेपाली काग्रेस पुर्वी नवलपरासी कृषि तथा भुमि शाखाले किसानहरुलाइ रासायनिक मल नपाएकाे प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सहज तबरले मलखादं तथा खेतीका लागि आवश्यक कृषि सामग्री उपलब्ध नभएको भन्दै आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह , प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको हो ।
कृषि तथा भुमि शाखाका संयोजक भीम नारायण रेग्मीले एक विज्ञप्ति जारी गर्दै लामो समय देखि खडेरीको मारमा परेका किसानलाई तत्काल आवश्यक कृषि सामग्री उपलब्ध गराउन माग गर्नुभएकाे छ । साथै उन्नत प्रविधी सहितको कृषि कर्मलाई अगाडी बढाउन तीन तहको सरकारले योजना ल्याउन पनि माग गरीएको छ ।



उज्यालो खबर




