नवलपुर — नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१२ का २१ वर्षीय विशाल थनैतको डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलका अनुसार माछा मार्न नदीमा जाँदा थनैतको डुबेर मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




