काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ९गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू९भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।राति भनेदेशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा रातिपनि मेघ९गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्नेमहाशाखका आकलन छ।त्यसकारण हावाहुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



उज्यालो खबर




