महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता
चितवन –भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ । एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।
दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले...


