चितवनका सहायक सिडिओ सहित गृहका १८ उपसचिवको सरूवा (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ।आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।गृहमै रहेका उपसचिव टेककुमार रेग्मीको जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन भएको छ।
त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारी रहेका रवीन्द्रप्रसाद आचार्यको सल्यान प्रशासनमा सरूवा भएको छ। यद्यपि उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा ग...


