×

 

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताएकी छन् ।भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको दाबी गरिन् ।

उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिन चाहन्छु । भरतपुरलाई उत्कृष्ट महानगरको रूपमा चिनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूलाई घुमाउन सक्ने योजना र पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्नेहरूप्रति आभार व्यक्त गर्दछौँ । महानगरलाई आजको यो स्वर्णिम अवसरसम्म आइपुग्न सहयोग र चितवनको दिगो र आत्मनिर्भर विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले लामो समयदेखि अभिभावकीय भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।’

तपाईको प्रतिक्रिया