×

चितवन । किड्स वल्र्ड मन्टेश्वरी भरतपुरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवशको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं। १२ मा रहेको आफ्नै मन्टेश्वरी परिषरमा “नारी पुरुष सरोबरी,संधै भरि बरोबरी” नारा सहित १ दिने नारी दिवश कार्यक्रम सम्पन्न भएको हो ।

मन्टेश्वरीले आयोजना गरेको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी मीना खरेल, शिक्षाकर्मी इन्दिरा कार्की,मनोपरामर्शदाता पारु पाण्डे लगायतको उपस्थिति रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले दिवश नारा र महिला हक,अधिकारको कुरामा मात्रै जोड्बल नगरी सुखी परिवार, समतामुलक समाज, सबल राष्ट्र निर्माण गर्न महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएर अगाडि बढ्नु पर्ने भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत बालाबालिकाहरुको ७० जना भन्दा बढी महिला अभिभावकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अभिभावक बीच महिला जागरण र सचेतना सहितको विविध कार्यक्रम गरिएको मन्टेश्वरीकी प्राचार्य निरु खतिवडाले जानकारी दिनुभयो ।

किड्स वल्ड मन्टेश्वरी भरतपुर महानगरपालिका वडा नं. १२ मुनालचोकमा विगत ७ वर्षदेखि नियमित संचालनमा आइरहेको शैक्षिक संस्था हो । यस मन्टेश्वरीमा बालबालिकामैत्री पठनपाठनमा विशेष ध्यान दिइने हुँदा अभिभावकहरुको रोजाईको शैक्षिक संस्थामा पर्दछ ।

अन्तराष्ट्रिय नारी दिवश यही ९मार्च ८० अर्थात् फाल्गुन २५ गते शुक्रवार विश्वभरि मनाइंदै छ ।

तपाईको प्रतिक्रिया