काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ सत्ता गठबन्धन मन नपराएको खुलासा गरेका छन्।पार्टीको पदाधिकारी बैठकमा बोल्दै ‘प्रचण्ड’ले भारतीय राजदूतले आफूलाई भेटेर यो गठबन्धन भारतविरोधी रहेको बताएको एक पदाधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार नेपाली काँग्रेससँगको गठबन्धन टुटाइ नेकपा एमालेलगायतका दलसँग भएको नयाँ सत्ता गठबन्धनबाट भारत रुष्ट छ।भारत र संयुक्त राज्य अमेरिका कुनै पनि हालतमा माओवादी र एमाले सँगै आएको देख्न चाहँदैनन्। चीन भने दुई कम्युनिष्टको मिलन होस् भन्ने चाहन्छ।
२०१७ मा दुई कम्युनिष्टको चुनावी गठबन्धन र पछि पार्टी एकीकरण हुँदा यसको श्रेय चीन भएको चर्चा त्यो बेला चलेको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली काँग्रेससँगको गठबन्धन तोडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्।