नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति
चितवन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो ।
नेपाल औषधि उत्पादक संघ एपोन का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । उहाँले भन्नुभयो “हाम्रो अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा आउनु भएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत दर्शक आईरहनु भएको छ ।” आफूहरुले तीन ...


