×

चितवन सेरोफेरो

खैरहनीमा बेथिति बढेको भन्दै राजनीतिक दलहरु आक्रोसित,मेयरले बिलासी गाडी किनेको आरोप

खैरहनीमा बेथिति बढेको भन्दै राजनीतिक दलहरु आक्रोसित,मेयरले बिलासी गाडी किनेको आरोप
चितवन- खैरहनी नगरपालिकामा मेयरको मनपरी बढेको भन्दै राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएका छन् ।१० वटा बेथितिका बुँदाहरु राखेर आज एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमार्फत् मेयर शशी खनियाको ध्यानाकर्षण गराइएको छ । एमाले खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, माओवादी केन्द्र खैरहनी नगर कमिटी अध्यक्ष रामेश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनी नगरसमिति अध्यक्ष सकुन्तला अधिकारी र देवराज कँडेलले हस्ताक्षर गरेको...

नारायणगढको आदिकवि भानु माविमा शिक्षक नियुक्ती विज्ञापनमा बदनियत

नारायणगढको आदिकवि भानु माविमा शिक्षक नियुक्ती विज्ञापनमा बदनियत
चितवन ।चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहात करार शिक्षक नियुक्तीको विज्ञापनमा बद्नियतको आशंका गरिएको छ । विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहात करार शिक्षक(अनुदान) को विज्ञापन प्रकाशन गरेको थियो । तर, सो विज्ञापन संसोधन गरेर सोही पदमा फागुन ३० गते नयाँ विज्ञापन प्रकाशन गरेपछि विद्यालयले बद्नियत राखेको देखिएकोले भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले विद्यालयलाई सो रोक्न आग्रह गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखा प...

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएससंग भेट्न पाइने

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएससंग भेट्न पाइने
चितवन–पब्जी खेल युवापुस्ता माझ निकै नै लोकप्रिय छ । पछिल्लो समय यो खेल व्यवसायीक समेत बन्दै गइरहेको छ । यही खेलमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा उत्रिएको नेपाली टोली हो डिआरएस । यो समूह केही समय पहिले सम्पन्न एसियाडमा समेत सहभागिता जनाएको थियो । पब्जी खेलेरै विश्वमा तहल्का मच्चाउँदै आइरहेका डिआरएस गेमिङ टिमका खेलाडीलाई भेट्न धेरै युवाहरु उत्सुक देखिन्छन् । अब त्यो उत्सुकता हट्ने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुन गइरहेको एक्सपर्ट एजुकेशन कन्क्ल...

चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै

चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै
चितवन–उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा चैत ५ गते (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुन लागेको हो । कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म चल्नेछ । यस कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श पाउने छन् । विश्वव...

चितवन निकुञ्जमा हुर्काइएका घडियाल गोही शुक्लाफाँटा पठाइयो

चितवन निकुञ्जमा हुर्काइएका घडियाल गोही शुक्लाफाँटा पठाइयो
  चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो । चौधर नदीमा लिखितरुपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् ।...

आदिवासी जनजाति महोत्सवको तयारी तीव्र उद्घाटनको लागि प्रधानमन्त्रीलाई निम्तो

आदिवासी जनजाति महोत्सवको तयारी तीव्र उद्घाटनको लागि प्रधानमन्त्रीलाई निम्तो
भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र पारेको छ। महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको महोत्सवको स्थलगत प्रचारप्रसारसँगै स्टल निर्माणको कामलाई तीव्रता दिएको हो। महासंघलाई महोत्सवको तयारी गर्ने समय कम रहेकोले पनि तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ। सोहीअनुरूप ठाउँठाउँमा प्रचारसामग्री पुर्‍याउने काम भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक ...

राईनोकुञ्जमा डढेलो नियन्त्रण तथा अग्नी प्रशिक्षण कार्यक्रम

राईनोकुञ्जमा  डढेलो नियन्त्रण तथा अग्नी प्रशिक्षण कार्यक्रम
भरतपुर महानगरपालिका वडानम्बर १३ राईनोकुञ्जमा मंगलबार वन डढेलो नियन्त्रण तथा अग्नी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकोछ। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन को आयोजना र वडा नम्बर १३ को आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो। बेलशहर मध्यवर्ती सामुदायिक वन को परिसरमा प्रशिक्षण प्रदान गरिएको थियो। समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा सञ्जाल मृगकुन्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलो का कारण डढेले बाट हुने विपत र यसको समाधान बाहेक प्रशिक्षण र फिल्ड अभ्यास गराउ...

प्रेस चौतारी चितवनको भवन निर्माणमा एमाले नेतृ रावलद्वारा आर्थिक सहयोग

प्रेस चौतारी चितवनको भवन निर्माणमा एमाले नेतृ रावलद्वारा आर्थिक सहयोग
चितवन- राष्ट्रिय सभाको निवर्तमान सांसद एवम् एमाले केन्द्रीय सदस्य पार्वती रावलले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छन् ।भरतपुर महानगरपालिका-११ बसेनीमा निर्माणाधीन भवनका लागि नेतृ रावलले ३१ हजार १ सय ११ सहयोग गरेकी हुन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत भएकी नेतृ रावलले प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएको भन्दैं भवन निर्माणका लागि आफूले पाउने पारिश्रमिकबाट सहयोग गरेको बताइन् । प्रेस चौतारी...

पोखरा बसपार्कको होटलमा सुतेका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी

पोखरा बसपार्कको होटलमा सुतेका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी
चितवन । नारायणगढ पोखरा बसपार्कस्थित एक होटलमा सुतेकै अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । पोखरा बसपार्कस्थित न्यू दिप होटलमा बसेका बसेका माडी–८ निवासी अन्दाजी ५२ बर्षका लोकबहादुर राना मृत भेटिएका हुन् ।दिउँसो ४ बजेसम्म कोठा नखुलेपछि सोधखोज गर्दा बेडमा उत्तानो परी सुतेको र एउटा खुट्टा भुईंमा टेकिएको अवस्थामा राना मृत भेटिएको जनाइएको छ । राना होटलमा एक्लै बसेको र साँझ सादा खाना खाएर सुतेको लज सञ्चालकको भनाई छ । रानाको शव भेटिएसंगै माडी नगर उपप्रमुख खेमप्रसाद महतो र माडी–८ क...