भरतपुरमा ४५ दिने कपाल काट्ने तालिम सुरु
चितवन- भरतपुर महानगरपालिका–१२ को रामबेल सामुदायिक वनमा २५ जना युवाको सहभागितामा ४५ दिने कपाल काट्ने तालिम सुरु भएको छ ।रामबेल सामुदायिक वनको आयोजनामा जिल्ला वन पैदावार आपूर्ति समितिको सहयोगमा आज आइतबारबाट सो तालिम सुरु भएको हो ।
१२ नम्बर वडाका युवाहरुको सहभागिता रहेको तालिमलाई सीजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनले सहजीकरण गरेको छ ।
तलिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष लेखनाथ पन्त ‘हरि’, सहडिभिजन वन कार...


