×

चितवन- भरतपुर महानगरपालिका–१२ को रामबेल सामुदायिक वनमा २५ जना युवाको सहभागितामा ४५ दिने कपाल काट्ने तालिम सुरु भएको छ ।रामबेल सामुदायिक वनको आयोजनामा जिल्ला वन पैदावार आपूर्ति समितिको सहयोगमा आज आइतबारबाट सो तालिम सुरु भएको हो ।

१२ नम्बर वडाका युवाहरुको सहभागिता रहेको तालिमलाई सीजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनले सहजीकरण गरेको छ ।
तलिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष लेखनाथ पन्त ‘हरि’, सहडिभिजन वन कार्यालय प्रमुख शान्ति शर्मा, सैलुनका सञ्चालक सुलभ सिग्देल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रामबेल सामुदायिक वनका अध्यक्ष माधवप्रसाद धितालको अध्यक्षतामा भएको छ ।

तपाईको प्रतिक्रिया