×

चितवन सेरोफेरो

काठमाडौंलाई उछिन्दै भरतपुर सबैभन्दा प्रदूषित सहर बन्यो, वायु प्रदूषण उच्च

काठमाडौंलाई उछिन्दै भरतपुर सबैभन्दा प्रदूषित सहर बन्यो, वायु प्रदूषण उच्च
चितवन- पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक एक्यूआई २२२ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्यूआई ११५ देखि १५३ सम्म पुगेको छ । विभागको सूचकांकले मुगुको रारामा समेत डढेलोका कारण एक्यूआई १५३ पुगेको छ । यस्तै, पोखरामा समेत एक्यूआई १४० पुगेको विभागको रेकर्ड छ । वायु ग...

इच्छाकामनाको भाराङमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु

इच्छाकामनाको भाराङमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु
रत्ननगर। चितवनको विकट पहाडी गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नं १ स्थित राष्ट्रिय आधारभुत विद्यालय भाराङको विद्यालय भवन निर्माण सुरु गरिएको छ । सो विद्यालयको २५ बर्ष पुरानो भवन जीर्ण भनेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा ४ कोठे विद्यालय भवन निर्माण सुरु गरिएको हो । सो भवन चितवनको विकट पहाडी बस्तीकै पहिलो पक्की विद्यालय भवन हुने छ । पालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरि ८० लाखको लगानीमा ...

नारायणगढमा “तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१” शुरु

नारायणगढमा “तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१” शुरु
  भरतपुर – नारायणगढको चमेली बिगबजारमा “तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१” शुरु भएको छ । बिगबजार नेपाली जुत्ता घरको आयोजनामा नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी “तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१” शुरु भएको हो । उक्त मेला यहि बैशाख ३० गतेसम्म सन्चालन हुने छ । महा-मेलाको शुक्रबार बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री केशव पोख्रेलले उद्धाटन गरेका हुन् । उद्धाटन गर्दै पोख्रेलले स्वदेशमा उत्पादित नेपाली जुत्ता चप्पललाई सबैले प्रय...

योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण

योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण
  योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर -२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालबाट ई-लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण सम्पन्न भयो। ई लाइब्रेरीमा एक लाख साठी हजार विभिन्न विधाका पुस्तक रहेका छन् । डी आर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप( कूलपति...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउने मन्त्री भण्डारीको दाबी

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउने मन्त्री भण्डारीको दाबी
  नारायणगढ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका-१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहिन ढङ्गले छलफल गरी नीति ल्याइने बताए...

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
काठमाडौँ- माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “चार दिनद...

भरतपुर महानगरद्धारा बीएलईको नतिजा सार्वजनिक, ८३.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

भरतपुर महानगरद्धारा बीएलईको नतिजा सार्वजनिक, ८३.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण
चितवन । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट शैक्षिक सत्र २०८० को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को नतिजा प्रकाशित भएको छ । आधारभूत शिक्षा परीक्षा समितिको आज बसेको बैठक पछि आज साँझ नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा ६८६४ जना परीक्षार्थी सहभागी भएकामा ५७६२ जना विद्यार्थी कक्षा ९ मा अध्ययन गर्न योग्य (उत्तीर्ण) भएका छन । सहभागी परीक्षार्थीहरु मध्ये ८३.९४ प्रतिशत विद्यार्थी कक्षा नौमा अध्ययन गर्न योग्य (उत्तीर्ण) रहेका छन् । दुई विषय सम्म न्यूनतम ग्रेड प्वाइन...

नारायणगढ– मुग्लिन सडकमा म्याजिक र ट्रक ठोक्किँदा १७ जना घाइते 

नारायणगढ– मुग्लिन सडकमा म्याजिक र ट्रक ठोक्किँदा १७ जना घाइते 
चितवन- नारायणगढ– मुग्लिन सडकमा म्याजिक र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं।२९ स्थित चौधकिलोमा आज बिहान करिब पौने १० बजे दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँएको हो । म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सो दुर्घटनामा इच्छाकामना गाउँपालिका वडा नं।३ बस्ने वर्ष २२ का अमिन सुनार , वर्ष ३३ की...

गोद्धक मेलाका भक्तजनहरुलाई निःशुल्क पानी वितरण

गोद्धक मेलाका भक्तजनहरुलाई निःशुल्क पानी वितरण
चितवन - चितवनको माडी नगरपालिका वडा नं. १ परशुराम कुण्ड ( गोद्धक धाम) मा पुगेका तिर्थालु तथा भक्तजनहरुका लागि निशुल्क पानी वितरण गरिएको छ ।माडी नगरपालिका वडा नं. १ स्थायी घर भै हाल भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुर बस्दै आएका युवा समाजसेवी प्रकाश रिजालले १२ सय लिटर पिउने पानी वितरण गर्नुभएको हो । रामानवमीको अवसरमा नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरुका लागि निशुल्क पिउने पानी वितरण गरिएको उहाँले बताउनुभयो । युवा समाजसेवी रिजाल भरतपुरको गोल्डेन इमिनेन्ट इन्टरनेशनलको प्र...