×

चितवन सेरोफेरो

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा चितवनकी एक महिला पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा चितवनकी एक महिला पक्राउ
चितवन- बालिकालाई बेश्यावृत्तिमा लगाएको आरोपमा चितवनकी एक महिला पक्राउ परेकी छन् ।काठमाडौंको चावहिलमा फ्रेन्डशिप ब्यूटी एण्ड स्पा सञ्चालन गर्दै आएकी ओमकुमारी पुनलाई वेश्यावृत्तिको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनको वीरेन्द्रनगरमा घर भएकी ४३ वर्षीय उनले नाबालिकालाई रातिको समयमा ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेस्ट हाउसहरूमा वेश्यावृत्तिमा पठाउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पुनसँगै झापाकी पूजा लोपे पनि पक्राउ...

गैंडाको आक्रमणबाट चितवन निकुञ्जमा नेचर गाइडको मृत्यु

गैंडाको आक्रमणबाट चितवन निकुञ्जमा नेचर गाइडको  मृत्यु
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका ८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका ६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी क...

एमाले चितवनको ११औँ अधिवेशन जेठमा हुने, केपी ओलीले उद्घाटन गर्ने

एमाले चितवनको ११औँ अधिवेशन जेठमा हुने, केपी ओलीले उद्घाटन गर्ने
चितवन- नेकपा एमाले चितवनको ११औँ जिल्ला अधिवेशन आगामी जेठमा हुने भएको छ । एमाले चितवनको बिहीवार बसेको जिल्ला कमिटीको बैठकले २०८१ जेठ १०, ११ र १२ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले १२० सदस्यिय नयाँ जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशन गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरिएको नेकपा एमाले चितवनको प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । जिल्ला अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले बताए । उनका ...

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने
चितवन- उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा यही वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८१ हुने भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको हो । प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग सङ्घका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोक...

कांग्रेस संसदीय दलको निर्णय-सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ

कांग्रेस संसदीय दलको निर्णय-सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । बैठकपछि उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं ।...

माडीबासीलाई प्राकृतिक जेलमा राखिएको छ, अब संघर्षको बिकल्प छैन् – पनेरु

माडीबासीलाई प्राकृतिक जेलमा राखिएको छ, अब संघर्षको बिकल्प छैन् – पनेरु
हजुरहरु सबैलाई नमस्कार 🙏 ! आज देखि बिक्रमबाबको मेला सुरु भएको छ ! तपाई हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको यो बाटोमा साईकल र मोटरसाईकल र पैदल रअटोमा र गाडीमै पनि यात्रा गर्नु हुने हरेक यात्रिहरुले एकपटक देशका संचालक, चुनाव जितेका नेताहरु लाई सराप्नु हुनेछ र गालि गर्नु हुनेछ, त्यो पनि थाहा छ ! सबैभन्दा पहिले अघिल्लो ५ बर्ष र पछिल्लो २ बर्ष समेत गरि ७ बर्षदेखि यो जंगलमा धुलोमुक्त बाटो बनाउछौ भनि गरिएका प्रतिबद्धता, बाडीएका सपना र गरिएका गफ पुरा ग...

सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसइइ दिएका विद्यार्थीहरुलाई विशेष छुटमा कम्प्युटर पढाउदै

सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसइइ दिएका विद्यार्थीहरुलाई विशेष छुटमा कम्प्युटर पढाउदै
चितवन - चितवनको भरतपुरमा रहेको सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसइइ दिएका विद्यार्थीहरुका लागि विशेष कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको पहिलो सातादेखि नै एसइइ दिएका विद्यार्थीहरुका लागि २० प्रतिशत सम्म छुट दिएर कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको सी स्टारले जनाएको छ । सी स्टार एजुकेशनल कन्सलटेन्सीका निर्देशक बसन्त पोखरेलले एसइइ दिएर बसेका विद्यार्थीहरुको लागि आफुहरुले कम्प्युरका आधारभूत देखि एडभान्स सम्मका कोर्षहरु विशेष छुटका साथ सञ्चालन गर्न लागिएको बताउ...

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए । विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्से गाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण...

माओवादी पूर्वकमाण्डर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतको आदेश

माओवादी पूर्वकमाण्डर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतको आदेश
चितवन- व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा मुद्...