चितवन – चितवनको भरतपुरमा रहेको सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसइइ दिएका विद्यार्थीहरुका लागि विशेष कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको पहिलो सातादेखि नै एसइइ दिएका विद्यार्थीहरुका लागि २० प्रतिशत सम्म छुट दिएर कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको सी स्टारले जनाएको छ ।
सी स्टार एजुकेशनल कन्सलटेन्सीका निर्देशक बसन्त पोखरेलले एसइइ दिएर बसेका विद्यार्थीहरुको लागि आफुहरुले कम्प्युरका आधारभूत देखि एडभान्स सम्मका कोर्षहरु विशेष छुटका साथ सञ्चालन गर्न लागिएको बताउनुभयो ।
कम्प्युटर कोर्ष अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सोमबारदेखि नै भर्ना सुरु गरिएको पोखरेलले बताउनुभयो । विद्यार्थीहरुले कम्प्युटर सँगै अग्रेजी भाषाकक्षामा समेत अध्ययन गर्न सक्ने छन् । विहान ६ वजेदेखि साँझ ६ वजेसम्म विभिन्न सिफ्टमा विद्यार्थीहरुले आफुलाई अनुकुल हुने समयमा कम्प्युटर सिक्न सक्नेछन् ।
भरतपुर महानगरपालिका वडा नं. १० सप्तगण्डकी चोकमा अवस्थित चितवनको एकमात्र पुरानो सीटीईभीटीबाट मान्यताप्राप्त सी स्टार एजुकेशनल कन्सलटेन्सीले विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको छ ।




उज्यालो खबर




