चितवन । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट शैक्षिक सत्र २०८० को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को नतिजा प्रकाशित भएको छ ।
आधारभूत शिक्षा परीक्षा समितिको आज बसेको बैठक पछि आज साँझ नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा ६८६४ जना परीक्षार्थी सहभागी भएकामा ५७६२ जना विद्यार्थी कक्षा ९ मा अध्ययन गर्न योग्य (उत्तीर्ण) भएका छन ।
सहभागी परीक्षार्थीहरु मध्ये ८३.९४ प्रतिशत विद्यार्थी कक्षा नौमा अध्ययन गर्न योग्य (उत्तीर्ण) रहेका छन् । दुई विषय सम्म न्यूनतम ग्रेड प्वाइन्ट १.६ अर्थात D प्राप्त गर्न नसकेका परीक्षार्थीहरुका लागि मिति २०८१-०१-२१ देखि २३ गते सम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।



उज्यालो खबर




