×

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोकमा ना ६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं. ११ गणेस्थान बस्ने ६० वर्षका कुमार गुरुङको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।आज साँझ ७ वजे भएको दुर्घटानमा परि गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा अस्पतालमा साँझ ८ वजे मृत्यु भएको हो ।

साइकलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालक मकबानपुर मनहरीका सुर्दशन अधिकारीको हातमा सामान्य चोट लागेको र मोटरसाइकलमा सवार भरतपुर बसन्तचोक घर भएका ४९ को सन्तोष बुर्लाकोटी टाउँको र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया