×

चितवन सेरोफेरो

इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने

इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने
  चितवन - चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँ...

वडाबाटै योजनाको सम्झौता र भुक्तानी

वडाबाटै योजनाको सम्झौता र भुक्तानी
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । वडा नं। १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताउनुभयो । भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बे...

भरतपुरमा अखिल नेपाल महिला संघको संगठन सृदृढीकरण अभियान सुरु

भरतपुरमा अखिल नेपाल महिला संघको संगठन सृदृढीकरण अभियान सुरु
चितवन–भरतपुर महानगरमा अखिल नेपाल महिला संघ ले संगठन सृदृढीकरण र शुद्धिकरण अभियान सुरु गरेको छ ।आज एमाले पार्टी कार्यालय चितवनमा बसेको महानगर कमिटीको बैठकले अभियानलाई तत्काल सुरु गर्ने निर्णय गरेको हो । अनेमसंघ केन्द्रीय कमिटीको गत पुसमा बसेको बैठकले देशभरका पालिकाहरुमा फागुन १ गतेबाट उक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभिन्न पालिकामा अभियान जारी छ । भरतपुरमा भने जनतासँग एमाले अभियानका कारण केही ढिला सुरु हुन पुगेको बताइएको छ । अनेमसंघले अगाडि...

रुखबाट लडेर पत्रकार रानाभाट घाइते, भरतपुरमा उपचार हुँदै

रुखबाट लडेर पत्रकार रानाभाट घाइते, भरतपुरमा उपचार हुँदै
गैँडाकोट । रुखबाट लडेर नवलपुरका पत्रकार होमराज रानाभाट गम्भिर घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा न. ४ झपर्दी घर भएका ५२ वर्षका रानाभाट आफ्नै घरको कटहरको रुखबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शनिवार साँझ रुखबाट खसेर घाइते भएका रानाभाटको चितवन मेडिकल कलेजमा टाउकोको शल्यक्रिया भएको छ । रानाभाटको अवस्था अहिलेसम्म स्थिर रहेको चिकित्सकले जनाएका छन् ।

निमार्ण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने विजयी

निमार्ण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने विजयी
निमार्ण व्यवसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनमा भीष्म अधिकारी र शिवप्रसाद लौडारीलाई पछि पार्दै दिनेशचन्द्र न्यौपाने विजयी भएका हुन् । मतदानमा दिनेशचन्द्र न्यौपानेले १ सय ६१ मत ल्याउदा भिष्म अधिकारीले ९२ मत र अर्का प्रतिस्पर्धी शिव प्रसाद लौडारीले ६ मत ल्यएका थिए । त्यसै गरि उपाध्यक्षमा छवि गौतम विजयी भएका छन् । छविले १ सय ९२ मत प्राप्त गर्दा शैलेन्द्र भट्टराईले ६४ मत ल्याए । सचिव पदका लागि शिवलाल ढकाल विजयी भएका छन । उनले उत्सव भट्टराईलाई ३६ मतले पछि पारेक...

भरतपुर-१९ का वडाध्यक्ष तामाङलाई मष्तिस्कघात, काठमाडौंमा उपचार चल्दै

भरतपुर-१९ का वडाध्यक्ष तामाङलाई मष्तिस्कघात, काठमाडौंमा उपचार चल्दै
चितवन- चितवनको भरतपुर महानगरपालिका-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मष्तिस्कघात भएको छ । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि शनिवार अपरान्ह काठमाडौं लगिएको छ । बिहान १० बजे तामाङलाई मष्तिस्कघात भएको र चितवन मेडिकल कलेजमा उपचारपश्चत थप उपचारका लागि काठमाडौं लगिएको नेकपा ९एमाले० चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्ड हस्पिटल लगिएको छ । तामाङ नेकपा एमाले का तर्फबाट भरतपुर महानगरपालिका १९...

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा
काठमाडौँ। बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो ।काठमाडौँको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २४ गते बिहान ९ बजे ...

गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन छैन- नेपाल

गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन छैन- नेपाल
चितवन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्।चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताए। ‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ उनले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’अध्यक्ष नेपालले विगतमा गर...

इच्छाकामना गाउँपालिकाका महिलाका लागि नेतृत्व विकास तालिम

इच्छाकामना गाउँपालिकाका महिलाका लागि नेतृत्व विकास तालिम
चितवन । इच्छाकामना गाउँपालिकाको आयोजनामा आजदेखि पालिकाका महिला सदस्य तथा अगुवा महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।पालिकाको उपाध्यक्षसँग आमा समूह कार्यक्रम अन्तर्गत पालिकाका सातै वडाका अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला समूहका अध्यक्ष तथा सचिव र वडाका महिला सदस्यहरुको नेतृत्व विकास तालिम सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिमको सोमबार भएको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।सो अवस...