×

गैँडाकोट । रुखबाट लडेर नवलपुरका पत्रकार होमराज रानाभाट गम्भिर घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा न. ४ झपर्दी घर भएका ५२ वर्षका रानाभाट आफ्नै घरको कटहरको रुखबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शनिवार साँझ रुखबाट खसेर घाइते भएका रानाभाटको चितवन मेडिकल कलेजमा टाउकोको शल्यक्रिया भएको छ । रानाभाटको अवस्था अहिलेसम्म स्थिर रहेको चिकित्सकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया