×

चितवन सेरोफेरो

‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी पब्लिकलाई

‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी पब्लिकलाई
भरतपुर । अङ्कुरम् एकेडेमीमा आयोजित ‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी इङ्लिस पब्लिक स्कुले जितेको छ ।एसइई दिएर बसेका विभिन्न विद्यालयका ३५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनलमा एसओएस बालग्राम भरतपुरलाई चार-एक गोल अन्तरले हराउँर्दै नारायणी इङ्लिस पब्लिक स्कुलले सो उपाधि आफ्नो पोल्टामा पारेको हो । उक्त प्रतियोगितामा विजेता नारायणीका समूह ‘ए’ का पर्वत गाहामगरले सर्वाधिक ११ गोल गरेका थिए भने उपविजेता एसओएसका दीपेश कुमाल उत्कृष्ट डिफेन्डर घोषित भएका थ...

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना
  काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...

चितवनमा सयौं बिघा जमिनमा लगाइएको केरा नष्ट, १५ करोड रूपैयाँ बराबरको क्षति

चितवनमा सयौं बिघा जमिनमा लगाइएको केरा नष्ट, १५ करोड रूपैयाँ बराबरको क्षति
चितवन- शुक्रबार र शनिबार साँझको हावाहुरीले चितवनमा सयौं बिघा जमिनमा लगाइएको केरा नष्ट भएको छ।केरा महासंघ नेपाल अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीका कारण १० देखि १५ करोड रूपैयाँ बराबरको केरामा क्षति पुगेको बताए। पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ।पन्तले पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ गरिएको खेतीमा हावाहुरीको असर अझै बढी परेको बताए।चितवन केरा उत्पादक संघका अनुसार करिब २५ सय बिघामा लगाइएको केरामा क्षति पुगेको छ।...

चितवनमा नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

चितवनमा नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ शुक्रबारदेखि सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो । चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आयोजित प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले पोल्ट्री क्षेत्रको विकासका लागि प्रदर्शनी फलदायी हुने बताइन् । विश्वका विभिन्न देशमा गएर लिनुपर्ने ज्ञान स्वदेशमै पाउनु कुखुराप...

चितवनको खैरहनीमा विपन्न किसानलाई खेतीगर्न जग्गा भाडामा अनुदान

चितवनको खैरहनीमा विपन्न किसानलाई खेतीगर्न जग्गा भाडामा अनुदान
  चितवन। चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिने भएको हो। नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी गराए । नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै हैन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै वि...

भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ

भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ
चितवन- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ । नाबालिकाहरुलाई यौनजन्य क्रियाकलाप...

चितवन र नवलपुरका सीडीओ फेरिए

चितवन र नवलपुरका सीडीओ फेरिए
गैँडाकोट । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरेको छ । मन्त्रालयले सोमबार(आज) मन्त्रालय तथा अन्तर्गत कार्यरत २५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।गृहको सूचना अनुसार चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएका छन् । चितवनका सीडीओ भूपेन्द्र थापा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक गएका छन् भने चितवनमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आउने भएका छन् । यता नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको जिल्...

नारायणगढको हङ्ग्री टम रेष्ट्रो एण्ड बारलाई एकलाख जरिवाना

नारायणगढको हङ्ग्री टम रेष्ट्रो एण्ड बारलाई एकलाख जरिवाना
  नारायणगढ। नारायणगढको पुलचोकस्थित हङ्ग्री टम रेष्ट्रो एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय चितवनले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । खाजा खाएर नौ जना भन्दा बढी विरामी भई उपचारको लागि अस्पताल भर्ना हुनुपरेपछि रेष्टुरेन्ट सिल गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माका अनुसार रेष्टुरेन्ट सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । ‘हङ्ग्री टम रेष्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन अनुसार एक लाख रुपैयाँ जरिवाना तोकिएको छ’, उनले भने । त्...

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी ( सूचि सहित )

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी ( सूचि सहित )
चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए ।पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन्। उनी अधिवक्ता हुन्। उनी नेपाल बार एसोसियसन चितवन शाखाको अध्यक्ष पनि भएका थिए। उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाको...