×

चितवन सेरोफेरो

अत्याधिक गर्मीका कारण भरतपुरका सबै स्कुलहरु भोलिदेखि चारदिन बन्द हुने

अत्याधिक गर्मीका कारण भरतपुरका सबै स्कुलहरु भोलिदेखि चारदिन बन्द हुने
गैँडाकोट । अत्याधिक गर्मीका कारण भरतपुरका सबै विद्यालयहरु भोलिदेखि चार दिनका लागि बन्द गरिने भएको छ ।मंगलबार देखि शुक्रबारसम्म महानगर भित्रका सबै शैक्षिकसंस्थाहरु बन्द गर्न महानगरले भनेको छ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यद्धारा जारी सूचनामा वर्षे विदाबाट कट्टा हुनेगरि चारदिन विद्यालयहरु बन्द हुने जनाइएको छ ।विदाको अवधिमा आफ्ना बालबालिकाहरुलाई घरमै राख्न, पौडी खेल्न जान नदिनुहुन तथा सावधानीका उपायहरु अपनाउन भनिएको छ ।

भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै

भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै
चितवन–उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदैछ ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा यही जुन १२ अर्थात् जेठ ३० गते बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा कार्यक्रम हुन लागेको हो । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कार्यक्रममा अमेरिका र क्यानडाको २० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी...

नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा राक्सीराङका डेढसय घरधुरीलाई खाद्य सामाग्री वितरण

नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा राक्सीराङका डेढसय घरधुरीलाई खाद्य सामाग्री वितरण
राक्सीराङ। मकवानपुरको राक्सीराङ्ग गाउंँपालिका वडा नम्बर ६ का डेढसय घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । गैरसरकारी संस्था शान्ति मेड नेपालका Dr Ruth through काे  आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा आइतबार खाद्यान्न वितरण गरिएको हो । संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर रोवीकू जानकारी दिनुभयो ।उहांँका अनुसार सो वडाको सिलिङे रहेका ३ महिना र ६ महिनासम्म मात्रै खान पु...

इच्छाकामनामा युवालाई आत्मनिर्भर बनाउन कपाल काट्ने तालिम

इच्छाकामनामा युवालाई आत्मनिर्भर बनाउन कपाल काट्ने तालिम
कुरिनटार -  चितवनको इच्छाकामनामा नि:शुल्क कपाल काट्ने तालिम सुरु भएको छ । अध्यक्षसँग युवा कार्यक्रमअन्तर्गत युवाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउन निःशुल्क कपाल काट्ने तालिम  इच्छाकामनामा सुरू गरिएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले सीप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउन कपाल काट्ने तालिम प्रदान गरेको बताउनुभयो । कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं–४ का वडा अध्...

राम जन्मभूमि चितवनको माडीमै पर्छः ओली

राम जन्मभूमि चितवनको माडीमै पर्छः ओली
चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्‍याएका छन् । एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’ आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर ...

पत्रकार गौतमले गरे चौतारी भवन निर्माणमा आर्थिक सहयोग

पत्रकार गौतमले गरे चौतारी भवन निर्माणमा आर्थिक सहयोग
चितवन । जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो । प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं गौतमले भवन प्र...

सिजी ल्याण्डमार्कको सिने प्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन

सिजी ल्याण्डमार्कको सिने प्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन
  भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाको व्यवस्थापनमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि सिने प्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो । भरतपुरमा पत्रकार सम्मेलन मार्फत क्युएफएक्सले पहिलो पटक काठमाडौं बाहिर एउटै शहरमा दुई वटा सिनेमा हललाई आफ्नो व्यवस्थापनमा लिएको जनाएको छ । यसअघि क्युएफएक्सले चितवनको जलमा हल आफ्नो व्यवस्थापनमा सञ्चालन गरिरहेको छ । यस्तै क्युएफएक्सले चितवनको सिजी प्लेक्ससंगै पोखरास्थित ट्रेड मलको ...

अध्यक्ष ओली शुक्रबार चितवन आउदै

अध्यक्ष ओली शुक्रबार चितवन आउदै
  चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (२५ गते)  चितवन आउनु हुने भएको छ । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नु भएको हो । नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार भोलि भरतपुरको लंकुमा रहेको होटल ग्यालेक्सीमा बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रम अनुसार प्रमुख निर्व...

भरतपुर अस्पतालको मेसुमा पुनः डा कृष्ण प्रसाद पौडेल

भरतपुर अस्पतालको मेसुमा पुनः डा कृष्ण प्रसाद पौडेल
भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनको भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पुनः प्रा।डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालमा यसअघि डा श्रीराम तिवारी प्रमुख थिए। मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा प्रदीप केसीलाई सरुवा गरेको छ। यसअघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो। यसैगरी इपिडिमियोलोजी तथा...