कुरिनटार – चितवनको इच्छाकामनामा नि:शुल्क कपाल काट्ने तालिम सुरु भएको छ । अध्यक्षसँग युवा कार्यक्रमअन्तर्गत युवाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउन निःशुल्क कपाल काट्ने तालिम इच्छाकामनामा सुरू गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले सीप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउन कपाल काट्ने तालिम प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं–४ का वडा अध्यक्ष रूद्र उप्रेती, वडा–५ का अध्यक्ष तेजबहादुर शेरचन, प्रशिक्षक सुलभ सिग्देललगायतले तालिमको महत्व र आवश्यकताबारे बोल्नुभएको थियो । तालिममा २० जना युवाहरुको सहभागीता रहेको छ ।



उज्यालो खबर




