×

चितवन सेरोफेरो

त्रिशुली दुर्घटना अपडेट- कारमा सवार दुई जनाको अवस्था गम्भीर

त्रिशुली दुर्घटना अपडेट- कारमा सवार दुई जनाको अवस्था गम्भीर
  चितवन । चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठोक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइतेमध्ये कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा रहेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार टोखा नगरपालिका ६, काठमाडौँका २२ वर्षका शेखर मिश्र रहेका छन् । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम ...

राप्ती नगरपालिकामा बेथितीका चाङ, गाडीदेखि पोषण कार्यक्रमसम्ममा अनियमितता

राप्ती नगरपालिकामा बेथितीका चाङ, गाडीदेखि पोषण कार्यक्रमसम्ममा अनियमितता
चितवन- चितवनको राप्ती नगरपालिकाको बेरुजु गत आर्थिक वर्ष २०७९/८० सम्म १९ करोड २९ लाखभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार राप्तीको गत आवमा मात्रै ३ करोड ८८ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष कर्मचारी नियुक्ति, अध्ययन अवलोकन भ्रमण, मेयरसंग जनता, पोषण कार्यक्रम, शिक्षक नियुक्ति लगायतका शिर्षकमा बेरुजु रहेको महालेखाले देखाएको छ । बेरुजु मध्ये गत आर्थिक वर्षमा नियमित गर्नुपर्ने १ करोड...

उच्च अदालतले काठमाडौं महानगरलाई दियो विद्यालयका सटर बन्द नगर्न अन्तरिम आदेश

उच्च अदालतले काठमाडौं महानगरलाई दियो विद्यालयका सटर बन्द नगर्न अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर बलजफ्ती बन्द गर्ने गराउने काम नगर्न आदेश दिएको छ।तुलसीप्रसाद अगस्तीले मंगलबार दिएको रिटमा उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यका अनुसार असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकिएको छ।‘दुवै पक्षको बहस सुनेर मात्र अन्तरिम आदेश गर्ने कि नगर्ने टुंगो लगाउने भएकाले त्यो दिनसम्म म...

नारायणगढ–मुग्लिन सडक खण्डका २५ ठाउँ पहिराको जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डका २५ ठाउँ पहिराको जोखिममा
चितवन- नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ। यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे ...

माडी नगरपालिकामा अनियमितताको गन्ध, महालेखाले भन्यो- सरकारी पैसामा जुत्ता किन किनेको ?

माडी नगरपालिकामा अनियमितताको गन्ध, महालेखाले भन्यो- सरकारी पैसामा जुत्ता किन किनेको ?
चितवन । चितवनको माडी नगरपालिकाले सरकारी पैसाको ब्यापक दुरुपयोग गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार माडी नगरपालिकाभित्र आर्थिक अनियमितता भएको देखिएको छ । महालेखाका अनुसार माडी नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को अन्तिम लेखापरिक्षणको प्रतिवेदनमा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस जुत्ता खरिद गरिएको छ । १६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैया ५० पैसा खर्च गरेको छ । जयश्री शिवम् सप्लार्यससँग जुत्त...

‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीको उल्लेखीय सहभागिता

‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीको उल्लेखीय सहभागिता
चितवन–उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा आयोजित ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा भएको कार्यक्रममा विहानैदेखि विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि एक विद्यार्थीले भने–‘एक्सपर्टले यो कार्यक्रम आयोजना गर्नु हाम्रो लागि गोल्डेन अवसर हो, आज धेरै कुरा ...

बन्दीपुर केबलकार भोलिदेखि सञ्चालनमा आउने

बन्दीपुर केबलकार भोलिदेखि  सञ्चालनमा आउने
  बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बनेको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको उनले बताए । करिब १ वर्षअघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको ज...

काठमाडौं–भरतपुर उडान भर्ने श्री एयरलाइन्सको तयारी, बुद्ध एयरको एकाधिकार तोडिने

काठमाडौं–भरतपुर उडान भर्ने श्री एयरलाइन्सको तयारी, बुद्ध एयरको एकाधिकार तोडिने
काठमाडौं- श्री एयरलाइन्सले काठमाडौं–भरतपुर उडान भर्ने तयारी थालेको छ । कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो ।भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति मागेको छ । श्री एयरलाइन्सले उडान अनुमति पाएमा बुद्ध एयरको एकाधिकार तोडिने छ । यसैपनि बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बोप्रोपको उडानको लागि अनुमति मागेको हो ।श्री एयरलाइ...

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि
चितवन- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उहाँले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८...