क्लिनिक नेपालद्वारा मेघौलीका सय विपन्न परिवारको स्वास्थ्य बीमा
चितवन । भरतपुर महानगरपालिका वडा नं। २७ मेघौलीस्थित क्लिनिक नेपालले विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको छ। संस्थाले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरेको हो ।
क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलका अनुसार वडा कार्यालयसँग समन्वय गरेर विपन्न परिवार पहिचान गरी बीमा गरिएको हो। सुकुम्बासी समुदायको बसोबास रहेको सिसौघारी टोल सुधार समितिका ७८ परिवार र क्लिनिक नेपालले छात्रवृत्ति प्रदान गरी पढाइरहेका २५ विद्यार्थीका परिवारको बीमा गरिएको गरिएको पौडेलले बताउनुभयो । प्रति परिवा...


