×

चितवन । अंकुरम् एकेडेमीमा राष्ट्रिय सेवा दल (एन. सि. सि) कार्यक्रम शुरुवात भएको छ।एन. सि. सि. बारे आज नेपाली सेना, सबुज गणद्वारा इच्छुक विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयको सभाकक्षमा प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

नयाँ सबुज गण, भरतपुरका सह(सेनानी अमित राज ठकुरी, जमदार आसन थपलिया, प्रशिक्षकत्रय अमित वि.क,  हरिराम थारु, सूर्य राई लगायतको टिमले विद्यार्थीहरुको छनोट प्रकृया सम्पन्न गरेको छ। सह-प्राचार्य एवं एन सि सि समन्वय-शिक्षक ओमराज मैनालीले संचालन गरेको उक्त कार्यक्रममा प्राचार्य सुमन पौडेल र निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यालयमा नेपाली सेना अन्तर्गत् राष्ट्रिय सेवा दल (एन सि सि) कार्यक्रम समग्र विद्यालय परिवारको लागि गौरवको विषय हो।

विद्यार्थीहरुलाई अनुशासन, देशभक्ति र समग्र रुपमा वैयक्तिक विकास गराउने काम एन सि सि ले दिने कुरामा दुइमत नरहेको प्राचार्य सुमन पौडेलले बताए।नयाँ सबुज गण, भरतपुरका सह(सेनानी अमित राज ठकुरीले विस्तृत रुपमा राष्ट्रिय सेवा दल (एन.सि.सि) बारे प्रस्तुतिकरण गरेका थिए।

पुरानो मेडिकल कलेज (सि एम एस) का मेडिकल अधिकृतद्वय डा. प्रल्हाद र डा. चन्द्रशेखरको मेडिकल टिमद्वारा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्दै मापदण्ड पूरा भए-नभएको प्रमाणीकरण गरेका थिए। कक्षा ८-१० मा अध्ययनरत १८ जना छात्र र १८ जना छात्रा छनोट गर्नुपर्ने प्रावधान अनुरुप कडा प्रतिस्पर्धा रहेको र आषाढ १४ गतेदेखि प्रशिक्षण शुरु हुने सह-प्राचार्य मैनालीले बताए।

तपाईको प्रतिक्रिया