×

चितवन सेरोफेरो

अर्किड स्कुलका प्रज्वल र किञ्जलले ल्याए ४ जीपीए

अर्किड स्कुलका प्रज्वल र किञ्जलले ल्याए ४ जीपीए
चितवन । चितवनको भरतपुरमा रहेको अर्किड स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि एसईईको परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलका अनुसार स्कुलका २ जना विद्यार्थीहरुले यसवर्ष ४ जीपीए ल्याएका छन् । विद्यार्थीहरु प्रज्वल अर्याल र किञ्जल खरेलले क्रमश ४ जीपीए ल्याउन सफल भएका छन् । अर्किड स्कुलबाट एसईई दिएका ११७ जना विद्यार्थीहरुमध्ये ५२ जनाले ३.६ देखि ४ जीपीए, र ५८ जनाले २.५५ देखि ३.५९ जीपीए ल्याएका छन् । भरतपुर महानगरपालि...

एसईईमा नारायणी पब्लिकको नतिजा सर्वोत्कृष्ट- दुई विद्यार्थीले ल्याए ४ जिपीए

एसईईमा नारायणी पब्लिकको नतिजा सर्वोत्कृष्ट- दुई विद्यार्थीले ल्याए ४ जिपीए
चितवन -  चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानभी  कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् । नारायणी इङ्लिस पब्लिक स्कुलबाट ८० जनाले एसईई दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।गत...

एसईईको नतिजा सार्वजनिक – ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, १८६ जनाले ४ जीपीए ल्याए

एसईईको नतिजा सार्वजनिक – ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, १८६ जनाले ४ जीपीए ल्याए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा  को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।१८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षा...

नेपालको प्रतिनिधित्व गर्दै अरोमा कलेजका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने

नेपालको प्रतिनिधित्व गर्दै अरोमा कलेजका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने
भरतपुर- चितवनको भरतपुरमा रहेको अरोमा कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् । उक्त ओलम्पियाडमा १०० भन्दा बढी देशका विद्यार्थीहरुको प्रतिस्पर्धा हुनेछ। म्याथम्याटिकल एसोशिएन अफ नेपाल-२०२४ को आयोजनामा भएको नेशनल म्याथम्याटिक्स ओलम्पियाड २०२४ को प्रि-टेस्टमा प्रथम भई द्रोर्ण चौधरी अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गर्न गर्न बेलायत जान लागेका हुन् । त्यस्तै, इन्टरनेसनल फिजिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै योग...

इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन

इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन
नारायणगढ- कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्‍याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो । यस वर्ष इच्छाका...

चितवनको माडीमा खोलाले बगाएर एक पुरुष बेपत्ता

चितवनको माडीमा खोलाले बगाएर एक पुरुष बेपत्ता
चितवन । चितवनको माडीमा खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् । माडी नगरपालिका वडा नं. ५ छरछरे स्थित मगई खोलाले बगाएर स्थानीय ४५ वर्षका रण बहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । आज दिउसो साढे १ वजे खोलाले बगाएर बेपत्ता भएका उनको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । प्रहरीले खोजी कार्य भैरहेको भन्दै हालसम्म पत्ता लगाउन नसकिएको जनाएको छ ।

जलविरेमा पहिरो : नारायणगढ- मुग्लिन सडक अवरुद्ध

जलविरेमा पहिरो : नारायणगढ- मुग्लिन सडक अवरुद्ध
चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।ईच्छाकामना गाँउपालिका वडा नं. ६ स्थित जलविरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मध्यान साढे १२ वजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । नारायणगढबाट मुग्लिन तर्फ जाने र आउने सवारीसाधनहरु विच बाटोमै रोकिएका छन् ।

भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन बनाउने, नारायणी किनारमा सि–बिच मोडलको पार्क

भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन बनाउने, नारायणी किनारमा सि–बिच मोडलको पार्क
भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ।भरतपुर केन्द्रीय बसपार्कमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन सञ्चालन गरेको महानगरले रामनगरमा ठूलो चार्जिङ स्टेसन बनाउने भएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भरतपुर महानगरले गितानगर, चनौली, नारायणगढ बसपार्क र महानगरपालिका परिसरमा समेत चार्जिङ स्टेसन निर्माण अघि बढाउनेछ। महानगरले विद्युतीय सवारीसाधन खरिद गर्न प्राथमिकता दिने भएको छ। भरतपुर महानगरले यातायात व्यवस्थापनमा नो भेहि...

भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार

भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।सोमबार भएको नगरसभा तथा १५ औं अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको उक्त बजेट ल्याउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए। महानगरले घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख, बागमती प्र...