×

चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।ईच्छाकामना गाँउपालिका वडा नं. ६ स्थित जलविरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मध्यान साढे १२ वजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । नारायणगढबाट मुग्लिन तर्फ जाने र आउने सवारीसाधनहरु विच बाटोमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया