×

भरतपुर । अङ्कुरम् एकेडेमीमा आयोजित ‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी इङ्लिस पब्लिक स्कुले जितेको छ ।एसइई दिएर बसेका विभिन्न विद्यालयका ३५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनलमा एसओएस बालग्राम भरतपुरलाई चार-एक गोल अन्तरले हराउँर्दै नारायणी इङ्लिस पब्लिक स्कुलले सो उपाधि आफ्नो पोल्टामा पारेको हो ।

उक्त प्रतियोगितामा विजेता नारायणीका समूह ‘ए’ का पर्वत गाहामगरले सर्वाधिक ११ गोल गरेका थिए भने उपविजेता एसओएसका दीपेश कुमाल उत्कृष्ट डिफेन्डर घोषित भएका थिए । त्यसैगरी विजेता नारायणी पब्लिकका आयुष दराईँ उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
विजेता टिमले ट्रफी र मेडलसँगै नगद १० हजार रुपैयाँ र उपविजेता टिमले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

पौडी प्रतियोगितामा सौम्य र निश्चल विजयी 

विद्यालयमा आयोजित खुला पौडी प्रतियोगितामा विजय सामुदायिक स्कुल गैँडाकोटका सौम्यध्वज जिसी प्रथम र अर्किड स्कुल भरतपुरका निश्चल के.सी. द्वितीय भएका छन् । प्रथम हुने जिसीले मेडलसँगै नगद रु. पाँच हजार र द्वितीय हुने के.सी.ले नगद रु तीन हजार पुरस्कार प्राप्त गरेका थिए ।

त्यसैगरी विद्यालयले आगामी २६ गते शनिबार ‘एसइई ओपन क्विज कम्पिटिसन’ को आयोजना गर्न लागेको शिक्षक सोमनाथ खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया