चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए ।पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन्। उनी अधिवक्ता हुन्। उनी नेपाल बार एसोसियसन चितवन शाखाको अध्यक्ष पनि भएका थिए।
उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए ।
सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए ।
त्यसैगरी उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिला तर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । त्यसैगरी सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल), विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) विजयी भएका छन् । जनजाती महिला तर्फ जुना तामाङ विजयी हुँदा जिल्ला युवा खुल्ला तर्फ डा. विनय शर्मा र देवप्रसाद पाठक विजयी भएका छन । त्यसैगरी खुल्ला अल्पसंख्यक तर्फ सदस्यमा पञ्चबहादुर प्रजा विजयी भएका छन् ।
पूर्ण विवरण



उज्यालो खबर




