नारायणगढको हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सातजना विरामी, रेष्टुरेन्ट सिल
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् । सो रेस्टुरेन्टमा पिजा, मम, चिकेन, चाउमिनजस्ता खाजा खाने क्रममा गैँडाकोट–७ बस्ने ३२ वर्षीया सुनिता लामा, निजका छोरा ५ वर्षीय सुहान दराई, निजका छोरी १० वर्षीया सुहाना दराई, भरतपुर–११ बस्ने ३३ वर्षीया रिना गिरी, निजका श्रीमान् सोही ठाउँ बस्ने ४२ वर्षीय शिवलाल गिरी, निजका छोरी ९ वर्षीया प्रिन्स गिरी र निजका निजका बहिनी २३ वर्षीया सारु गिरी बिरामी भएका हुन...


