×

 

चितवन। नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनबाट आगामी नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम दिउँसो १ बजे सम्पन्न भएको छ।आज मंगलबार ग्यालेक्सी गार्डेन रिसोर्ट लंकुमा बिहान ७:३० बजे देखि शुरू भएको निर्वाचन कार्यक्रममा ७३१ जना प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएका थिए ।

त्यस्तै मतगणना दिउँसो २:३० बजे देखि सुरूवात गरिने निर्वाचन अधिकृत अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको समुद्घाटन जेठ १२ गते भएको थियो। अधिवेशनमा ७६४ जना प्रतिनिधि रहेका छन् ।

आगामी नेतृत्वका लागि अध्यक्ष पदमा कमलराज पाठक र घनश्याम कंडेल , उपाध्यक्ष पदमा कृष्ण कुमार डल्लाकोटी र श्यामकुमार विष्ट, सचिव पदमा पदमपाणी सुवेदी र प्रकाश ढुङ्गाना, सहसचिव (खुला) पदमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिनबहादुर परियार, उपसचिव (महिला) पदमा जानकी शर्मा र ज्वाला पुरी वनबीच प्रतिष्पर्धा रहेको छ ।

तपाईको प्रतिक्रिया