×

चितवन–नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जारी छ । आगामी नेतृत्व चयनका लागि भोलि बिहानबाट निर्वाचन गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिनुभयो । ७६१ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागि भएका छन । प्रतिनिधिले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार एमाले चितवनको अध्यक्षमा कमलराज पाठक र घनश्याम कँडेलको उम्मेद्वारी परेको छ । पाठक निवर्तमान जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्छ भने कँडेल निवर्तमान संगठन विभाग प्रमुख भएर काम गरिसक्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा श्याम विष्ट र कृष्णकुमार डल्लाकोटीको उम्मेद्वारी परेको छ । सचिवमा प्रकाश ढुङ्गाना र पदमपाणी सुवेदीको उम्मेद्वारी परेको छ । त्यसैगरी उपसचिवहरुमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिन बहादुर परियारको उम्मेद्वारी परेको छ ।

त्यसैगरी उपसचिव महिलामा जानकी शर्मा र ज्वाला पुरी वनको उम्मेद्वारी परेको भण्डारीले जानकारी दिनुभयो । सदस्यहरुको कलष्टरमा केही पालिकाले सहमति गरेका छन् भने केहीमा चुनाव हुँदैछ ।

तपाईको प्रतिक्रिया