बँदेलको बच्चा पालेको भन्दै चितवनमा दुई महिला पक्राउ
चितवन । बँदेलको बच्चा पालेकोु भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गएराती माडीका दुई महिलाहरुलाई पक्राउ गरेको छ । गएराती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का सरस्वती भण्डारी र सोही वडाको माथिल्लो शिवद्वार गाउँ निवासी बर्ष ३० का रञ्जिता मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजना बिपन्न महिला कृषक रहेको र दुबैजनालाई गएराती नै सेनाले निकुञ्ज मुख्यालय कसरा पुर्याएको जानकारी पाइएको माडी-८ का वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले जानकारी दि...


