×

 

चितवन –  नेपाल प्रहरी महानिरीक्षक  बसन्त कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको परिसरमा नवनिर्मित दुईवटा भवनहरुको उद्घाटन गरेका छन्। बिहिबार आयोजित एक समारोहबीच आइजीपी कुवारले ती भवनहरूको उद्घाटन गरेका हुन्। उद्घाटनपछि आईजीपी कुवँरले नवनिर्मित भवनहरूको निरीक्षण गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी कुवँरले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।

स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचनालगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न क्रियाशील रहेको आइजिपी कुवँरले बताए । उनले प्रहरी स्कुलको शुल्कमा केहि परिमार्जन गर्न आफूहरु कटिवद्ध रहेको समेत स्पष्ट पारेका थिए ।

सोही अवसरमा विपन्न विद्यार्थीलाई स्कुल जिवनभरी अध्यापन गराउने घोषण गरेका उवासघ चितवनका कार्यसमिति सदस्य उपेन्द्र पण्डितलाई दोसल्लाहसहित प्रशंसापत्रले आईजीवि कुवँरले सम्मानित गरेका थिए ।उक्त भवनहरू नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग गरी कुल ७ करोड ६६ लाख ७३ हजार ५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हा । कुल १५९.६० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरू २०७९ पुस ३ गते सुरु भई निर्माण सम्पन्न भएको नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रमुख एवंम् स्कुलका अध्यक्ष प्रहरी वरिष्ठ उपरिक्षक प्रज्वल महर्जनले जनकारी दिए ।

कार्यक्रममा सोही स्कुलका प्राचार्य, अभिभावक प्रतिनिधीबाट हरिशचन्द्र दाहाल, पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरिक्षक कृष्णहरी शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया