×

चितवन – चितवनको कालिका र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा (गौमत) र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाहको सरुवा भएको हो ।

कालिकाका कार्यकारी गौतम गृहमन्त्रालय र राप्तीका कार्यकारी शाह जिल्ला समन्वय समितिको कार्यालय धनुषा पुगेका छन् । उनिहरुको ठाउमा को आउने भन्नेबारेमा अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया