×

चितवन सेरोफेरो

चितवनमा ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवनमा ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
चितवन- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्...

चितवनमा आजदेखि माछाविज्ञ र किसानको सम्मेलन

चितवनमा आजदेखि माछाविज्ञ र किसानको सम्मेलन
  चितवन - चितवनको भरतपुरमा माछा विज्ञ तथा किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । भरतपुरस्थित ग्लालेक्सी गार्डेन रिसोर्टमाआजदेखि  ९ कात्तिकसम्म चल्ने सम्मेलनमा विभिन्न १० वटा देशका २०० वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहने आयोजकले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपाल फिरिसज सोसाइटी, कृषि तथा वन विज्ञान विश्वविद्यालय, केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, ने...

चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु, आफन्तहरु आक्रोसित

चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु, आफन्तहरु आक्रोसित
चितवन- चितवनको खैरहनी नगरपालिका–६ पुरानो पर्सामा श्वासप्रश्वासमा समस्या भई उपचारको लागि मेडिकल पुगेकी एक महिलाको मृत्यु भएको छ।पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौली स्थितमा कोठा भाडामा लिई बस्ने वर्ष ४१ की तुलसी कार्कीले कात्तिक ३ गतेदेखि स्थानीय चौधरी मेडिकलमा उपचार गराउँदै आएकी थिइन् । सोमवार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विरामीको मृत्यु भएपछि आफन्तहरु ...

चितवनको माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

चितवनको माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ
चितवन- भाउजु हत्या गरेको अभियोगमा ज्वाई(नन्दको श्रीमान) लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ ग...

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
चितवन- चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर स...

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन् । उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।विजया दशमीका उपलक्ष्यमा शनिवारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अति विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका जमरा लगाई दिने कार्यक्रम छ । राष्ट्...

भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी संचालन हुने

भोलिदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी संचालन हुने
चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो । लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ । निकुञ्जका सूचना अधि...

टिकौली जङ्गलमा दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

टिकौली जङ्गलमा दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु
  नारायणगढ - जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चा...

चितवन फेरी सहकारी पीडित र रविका समर्थकबीच घम्साघम्सी

चितवन फेरी सहकारी पीडित र रविका समर्थकबीच घम्साघम्सी
  चितवन- चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच शनिवार पनि घम्साघम्सी परेको छ । सो क्रममा ढुङ्गा हानाहान हुँदा केहीबरे तनाबको स्थिति सृजना भएको थियो । ढुङ्गा हानाहान मा केही सहकारी पीडित घाइते भएका छन् । रास्वपाले भने सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आयोजना गरेको चितवनवासीसँग भेटघाट कार्यक्रम का...