रविलाई चितवनमा सहकारी पीडितद्धरा कालोझण्डा
चितवन - सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
सर्वाजनिक सुनुवाई सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका थिए । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान ...


