×

चितवन – प्रभु बैंक लिमिटेडका ग्राहकले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सीओएमएस) मा छुट पाउने भएका छन्। बैंकले सीओएमएससँग आइतबार छुटसम्बन्धी समझदारी भएको जनाएको छ।समझदारीपत्रमा बैंकका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेसमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिंदा विशेष छुट पाउने छन्। सीओएमएसमा उपचार गर्दा औषधि, सीटी स्क्यान र – एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने छ। तर यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने बैंकले बताएको छ।

तपाईको प्रतिक्रिया