भरतपुर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ को अवलोकन गर्नुभएको छ । प्रमुख दाहालले बुधबार असोज १ गतेदेखी चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेलाको अवलोकन गर्नु भएको हो।
स्वदेशी उत्पानको प्रयोग र प्रबर्दन गर्ने उदेश्यले सन्चालन भएको उक्त मेलामा स्थानिय प्रतिनिधि आएर अबलोकन गर्दा आफुहरुलाई खुशी लागेको आयोजकहरुले बताएका छन् ।मेलामा सस्तो मुल्यमा बलियो जुत्ता चप्पल पाउने भएपछी ग्राहहरुको पनि बाग्लो भिड लाग्ने गरेको छ ।
सो मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ भने मेला बिहान ९ बजे देखी बेलुकी ७ बजे सम्म सन्चालन हुँदै आएको छ । उक्त मेला असोज २४ गते सम्म संचालन हुनेछ ।
मेलामा ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा करिब १ लाख ५० हजारले अबलोकन गर्ने अनुमान गरिएको छ । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिएको छ ।
जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ ।
साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् ।



उज्यालो खबर




