×

चितवन सेरोफेरो

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन
चितवन- डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गर...

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा
चितवन -चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “दुनियाँबादी फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए। रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेप...

संविधानको रक्षाका लागि चितवनमा एमालेको जागरण सभा (फोटो फिचर )

संविधानको रक्षाका लागि चितवनमा एमालेको जागरण सभा (फोटो फिचर )
    चितवन –सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा एमाले चितवनले जिल्लामा जागरण सभा गरेको छ ।‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो । र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा ९एमाले० जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छै...

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला सुरु

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला सुरु
  भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ । उक्त एक्स्पो बिहीबारबाट शुरु भएको हो । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् । जुत्ता चप्पल मेलामा ३० भन्दा बढी स्टल राखिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ ...

पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन

पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन
चितवन- नेपाल पत्रकार महासंघ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमा विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो । उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासंघ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् ...

खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने

खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने
चितवन । खैरहनी नगरपालिकाले ६ महिना पुरा भई ३ वर्ष उमेर सम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिन थालेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाँका दरले प्रति बालबालिका मासिक १२ सय अनुदान लाभग्राहीका अभिभावकहरुको बैंक खाता मार्फत उपलब्ध गराउन थालेको हो । नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने अति विपन्न घर परिवारका बालबालिकाको पोषणमा सुधार ल्याइ सक्षम जनशक्ति विकास गर्न बालबालिकालाई पोष...

मौलाकालिका अस्पतालको सामाजिक उत्तरदायित्व – ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

मौलाकालिका अस्पतालको सामाजिक उत्तरदायित्व – ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण
चितवन-  स्वास्थ्यलाई प्राथमिकता दिँदै मौलाकालिका अस्पताल प्रा.लि. चितवनले जिल्लाभरका ट्राफिक प्रहरीका लागि विशेष निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम बिहीबार र शुक्रबार सम्पन्न गरेको छ । चितवन जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्दै रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि यो कार्यक्रम आयोजना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ट्राफिक प्रहरीको विशेषज्ञ डाक्टरहर...

१५ दिनसम्म चल्ने विक्रम बाबा मेला आजदेखि सुरु 

१५ दिनसम्म चल्ने विक्रम बाबा मेला आजदेखि सुरु 
  चितवन- भरतपुर महानगरपालिका–२३ कसरामा आजेखि बिक्रम बाबा मेला सुरु हुँदै छ । चैते दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाको वडा नं। २३ र नजिकका मध्यवर्ती उपभोक्ता समूहले व्यवस्थापन गरेका छन् । चैत औंसीदेखि पूर्णिमासम्म चल्ने मेला औंसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरूपमा शुभारम्भ हुने प्रचलन छ । यसपटक मेलाको पहिलो दिन हुँदै आएको बली राक...

विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि हातपात, कार्यकक्ष तोडफोड

विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि  हातपात, कार्यकक्ष तोडफोड
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ ।मंगलबार बिहान १० बजेको समयमा ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘‘कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशका सम्मानीय प्रधानमन्त्रीलाई अवैध किसिमको गाली गलोजरअपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएका प्रधानमन्त्रीलाई अपमानजन्य सूचना अ...