×

चितवन सेरोफेरो

चितवनका केराले बजार पाएन

चितवनका केराले बजार पाएन
 चितवन ।  चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ । निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको...

चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८५ पुग्यो

चितवनमा कोरोना संक्रमितको  संख्या ३ सय ८५ पुग्यो
चितवन, भदौ ९ ।  जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा सङ्क्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ सङ्क्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना सङ्क्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन कार्यालयले दिए...

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु, महिलाहरु लाभान्बित

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु,  महिलाहरु लाभान्बित
नारायण अधिकारी, चितवन,भदौं ९- भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थिय...

चितवनमा थप १७ जनामा कोरोना पुष्टि

चितवनमा थप १७ जनामा कोरोना पुष्टि
चितवन ९ भाद्र । चितवनमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरमा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। भरतपुर महानगरपालिकाका ७ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्री पुष्पाञ्जली हस्पिटलमा उपचार गराइरहेका भरतपुर महनानगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने बाँकि ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक ...

चितवनमा पिसीआर रिपोर्ट आउन एकसाता लाग्यो प्रयोगशालामा स्वाबको चाप

चितवनमा पिसीआर रिपोर्ट आउन एकसाता लाग्यो प्रयोगशालामा स्वाबको चाप
चितवन,भदौं ८- कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् । पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ भन्नुभयो । उहाँले चार नगरप्रमु...

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो, तीनजनाको मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो,  तीनजनाको मृत्यु
चितवन, भदौं ८ चितवनमा  काेरोना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । सरकारी ल्याबमा निःशुल्क परीक्षण देखि निजी अस्पतालमा समेत शुल्क तिरेर परीक्षण हुन थालेपछि चितवनमा संक्रमितको संख्या  बढ्दै गएको हो । चितवनमा आज (सोमबार) विहानसम्ममा कुल कोरोना संक्रमितको संख्या ३६८ पुगेको छ । आइतबार दिउँसोसम्ममा ३४२ जना संक्रमित रहेको चितवनमा आज विहानसम्ममा २६ जना नयाँ संक्रमित थपिएका छन  । जसमध्ये २५ जना भरतपुर महानगरपालिकामा बसोबास गर्ने छन् भने एक जना खैरहनी नगरपालिकाका हुन् । चितवनम...

चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि चितवनका अस्पताल असुरक्षित बन्दै

चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि  चितवनका अस्पताल असुरक्षित बन्दै
नारायण अधिकारी,  चितवन, भदौ ७- चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स...

चितवनको क्यान्सर अस्पतालमा कोरोना परीक्षण ल्याब संचालन गरिने

चितवनको क्यान्सर अस्पतालमा कोरोना परीक्षण ल्याब संचालन गरिने
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कोरोना परीक्षणको लागी ल्याव सञ्चालन गरिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अवकाे एकमहिना भित्रमै कोरोना परीक्षण ल्याव अस्पतालमा सुरु हुनेछ । कोरोना परिक्षण ल्याव सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढेको उनले बताए । ‘हामीसँग पहिल्यै पीसीआर मेसिन छ, आवश्यक केही सामाग्री र भौतिक पूर्वाधारको तयारी भैरहेको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले भने, ‘करिब २०–२२ लाखको सामान टेण्डरमार्फत माग...

चितवनमा कोरोना ब्यवस्थापनका लागी डा‍‌ भाेजराजको स‌ंयोजकत्वमा समिति गठन

चितवनमा कोरोना ब्यवस्थापनका लागी डा‍‌ भाेजराजको स‌ंयोजकत्वमा समिति गठन
चितवन,भदौं ६- दैनिकरूपमा कोरोना संक्रमित थपिदै गएपछि जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी रहनुभएको छ । समितिका सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईँ, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी, बिपी कोइराला मेमो...