चितवन, भदौं ८
चितवनमा काेरोना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । सरकारी ल्याबमा निःशुल्क परीक्षण देखि निजी अस्पतालमा समेत शुल्क तिरेर परीक्षण हुन थालेपछि चितवनमा संक्रमितको संख्या बढ्दै गएको हो ।
चितवनमा आज (सोमबार) विहानसम्ममा कुल कोरोना संक्रमितको संख्या ३६८ पुगेको छ । आइतबार दिउँसोसम्ममा ३४२ जना संक्रमित रहेको चितवनमा आज विहानसम्ममा २६ जना नयाँ संक्रमित थपिएका छन । जसमध्ये २५ जना भरतपुर महानगरपालिकामा बसोबास गर्ने छन् भने एक जना खैरहनी नगरपालिकाका हुन् ।
चितवनका ६ वटा स्थानीय तहमा सक्रिय संक्रमित छन् भने माडी नगरपालिकामा हालसम्म सक्रिय संक्रमित फेला परेका छैनन् । चितवनमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना भरतपुर महानगरपालिका–११ का पुरुष, खैरहनी–३ की १०८ वर्षीया महिला र रत्ननगर–१३ का ६५ वर्षीय पुरुष हुन् ।